फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पती जफत गर्ने निर्णय भइसकेको छः गृहमन्त्री



काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भुमिका निभाउनुपर्ने बताएका छन् । मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले देशमा धेरै बेथिति विसंगति रहेको भन्दै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरु मिल्नुपर्ने बताए । सरकार सहकारीको समस्या समाधान गर्न कटिवद्ध रहेको बताएका हुन् ।

सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा वचतकर्ताहरुको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पती जफत गरेर भएपनि वचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको उनले बताए ।

उनले आगामी संसदको बैठकमा सो निर्णयलाई प्रश्तावको रुपमा लैजाने तयारी रहेको पनि उल्लेख गरे । सहकारीको रकम हिनामिनामा आफ्नो बिरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको बताए । उहाँले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे ।

गृहमन्त्री लामिछानेले उजुरी गयो भन्दैमा संसदमा हंगामा गर्न आवश्यक नरहेको पनि बताए ।