३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक स्कुटर ‘ग्यारो’ सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले इलेक्ट्रिक स्कुटर ग्यारो सार्वजनिक गरेको छ । आज कम्पनीले काठमाडौँमा एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्कुटरको पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ । स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको कम्पनीको दाबी छ ।

१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीकाे दाबी छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिने कम्पनीले जनाएकाे छ ।

यसलाई ६ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।