सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । आज वुधबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार तोलाको एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहि आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।