सुहाङ नेम्वाङले लिए शपथ


काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । बुधबार सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधनपछि त्यहाँ भएको उपनिर्वाचनमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए ।

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो। सुहाङ २७ हजार ७७२ मत पाएर निर्वाचित भएका थिए।