स्वरोजगार लघुवित्तको नाफा बढ्यो


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म सो नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी खुद नाफा आर्जन गरेकाे हाे ।

संस्थाको खुद ब्याज आम्दानी २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४५ प्रतिशतले बढेको जनाइएको छ ।

संस्थाको सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.५३ प्रतिशतले बढेको हो । संस्थाको निष्कृय कर्जा ५.७२ प्रतिशत रहेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १४.५४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४०.७९ रुपैयाँ रहेको छ।