विहीबार ५.६३ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० वटा उपसमुह बढेको छ भने बाँकी ३ वटा उपसमुहमा गिरावट आएको छ ।

विहीबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कुमारी सबल योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४८ प्रतिशतले घटेको छ ।

कुल ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।