यामाहा नेपालको आकर्षक अफर: बाइक र स्कुटर खरिदमा १ लाखसम्म छुट


काठमाडाैँ। नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८१ सुरू लगत्तै कम्पनीले ग्राहकका लागि आकर्षक अफर घोषणा गरेको हो ।

१ वैशाखदेखि यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्राहकले धेरै फाइदाहरू पाउन सक्नेछन् ।

कम्पनीका अनुसार यामाहा मोटरसाइकल र स्कुटर खरिदमा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

विशेष नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ ।

ग्राहकहरूले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन् । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।