माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छः पूर्वअर्थमन्त्री खतिवडा


काठमाडाैँ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिएका छन् ।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा उनले बैंकहरुलाई यस्तो सुझाव दिएका हुन् । उनले बैंकहरुबाट दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताए ।

बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने उनले बताए । उनले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिएको उल्लेख गरे ।

माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने उनकाे भनाइ थियाे । बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान उनले आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने उनकाे भनाइ छ ।

उनले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरेका छन् । उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताए । प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने उनले बताए ।