भारतमा स्विफ्टको नयाँ मोडल सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । मारुती सुजुकीले आज भारतमा आफ्नो सबैभन्दा लोकप्रिय कार स्विफ्टको नयाँ मोडल सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ माेडलकाे कारमा स्विफ्ट एमटी ट्रान्समिसनसँग २४.८ किलोमिटर र अटोमेटिक ट्रान्समिसन (एएमटी) सँग २५.७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । योसँगै यो भारतमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक कार रहेकाे छ ।

उक्त कारको एक्स-शोरूम मूल्य ६ लाख ४९ हजारदेखि ९ लाख ६५ लाख भारुसम्म रहेको कम्पनीले जनाएको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको यो कारको बुकिङ हालै ११,००० भारु को टोकन मनीमा सुरू भएको छ । यसबाहेक, नयाँ माेडलकाे स्विफ्टले सबै भेरियन्टमा वायरलेस चार्जर, बहु सूचना स्क्रिन र सुरक्षाका लागि, ६ एयरब्याग, ईएसपी, हिल होल्ड कन्ट्रोल र थ्री(पोइन्ट सिट बेल्ट जस्ता सुविधाहरू प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

नयाँ स्विफ्टको डिजाइनमा थुप्रै खालका नयाँ विशेषता रहेका छन् । जसमा नयाँ फ्रन्ट बम्पर, रेडिएटर ग्रिल, रिसेप गरिएको हेडलाइटहरू र फग लाइटहरू, नयाँ एलोय ह्वील डिजाइन रहेका छन्।

नयाँ स्विफ्टको ह्वीलबेस अघिल्लो मोडलको २,४५० एमएमको जस्तै भए पनि नयाँ ह्याचब्याक १५ एमएम लामो, चौडाइमा ४० एमएम छोटो र ३० एमएम अग्लो रहेको कम्पनीको दाबी रहेको छ ।