नेपाल र स्वीजरलाण्ड सरकारबिच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरू गर्ने सम्झौता


काठमाडाैँ । नेपाल सरकार र स्वीजरलाण्ड सरकारबिच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरू गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीवार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीजरलाण्ड राजदुत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए ।

उनले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए । उनले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने जानकारी दिए ।

कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिव २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको उनले बताए ।

आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको छ ।