राज्यले बिना कारण बैंकको कोर क्यापिटल खोस्दा बैंकहरुको नाफा नकारात्मक भयोः बैंकर्स



काठमाडाैँ । राज्यले बैंकको कोर क्यापिटल बिना कारण राज्यले खोसेर लैजाँदा बैंकहरुको नाफा नकारात्मक हुन पुगेको बैंकर्सहरुले बताएका छन् ।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बैंकर्सहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बिना कारण अनावश्यक नीति लिएर बैंकहरुबाट ३१ अर्ब रुपैयाँ लिएकाले बैंकहरु दबाबमा रहेको बताए ।

उनीहरुले सरकारले लिने नीतिहरुको कारण पछिल्लो समय बैंकिङ क्षेत्रको समेत मनोबल कमजोर भएको र लगानी गर्ने आत्मबल समेत घटेको बताए । बैंकर्सहरुले सरकारले बैंकिङ क्षेत्रलाई स्थायित्व र बलियो बनाउनको लागि सरकारले जथाभावी नीति अपनाउन नहुने उनीहरूकाे भनाइ छ ।

उनीहरुले बैंकमा खर्बौं लगानीयोग्य रकम हुँदा पनि कर्जा बिस्तार हुन नसक्नु निजी क्षेत्रको कमजोर मनोबलका कारण रहेको उल्लेख गरे । बैंकहरुले अर्बमा नाफा गर्ने भाष्य कायम भएपनि चालु आ.व.मा बैंकहरुको नाफा उच्च रुपमा गिरावट भएको भन्दै त्यसले बैंकहरु अफ्ठ्यारो अवस्थामा रहेको उनहरूले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा बैंकहरुमा कर्जाको ब्याजदर घटेर एक महिना अघिको कर्जाकाे आैषत दर १०.७८ रहेको बताए । उनले एभरेज ल्याडिङ रेट १०.७८ रेट प्रि–कोभिड भन्दा कम भएको दाबी गरे । उनले एक वर्ष अघिसम्म बैंकको ब्याजदर बढी भएर व्यापार व्यवसाय चलायमान हुन सकेको भनिए पनि अहिले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान हुन नसक्नु ठूलो प्रश्न खडा भएको उनकाे भनाइ छ ।

अध्यक्ष केसीले ब्याजदर एकल अंकमा आइसक्दा रियल स्टेट, शेयर मार्केटमा सुधार आउन नसक्नु निजी क्षेत्रको मनोबल कमजोर हुनु रहेको दाबी गरे । पछिल्लो २० वर्षमा पहिलो पटक निजी क्षेत्रको आत्मबल कमजोर भएको उनकाे भनाइ छ । उनले निजी क्षेत्रको आत्मविश्वास नभएपछि बैंकिङ क्षेत्रलाई असर गर्न थालेको उल्लेख गरे ।

उनले अहिले बैंकको रिटर्न इकुटी ८.८५ प्रतिशत रहेको बताए । उनले ६१ सय अर्ब जति निक्षेप लगानी गरेको र ५१ सय अर्ब कर्जा बिस्तार भएको जानकारी दिए । चालु आ.व.को अन्त्यसम्ममा ६ प्रतिशतको मात्रै कर्जा बिस्तार हुने अपेक्षा रहेको उनकाे भनाइ छ । उनले ५ खर्बको लगानीयोग्य रकम बैंकहरुले लिएर बस्दा समेत कर्जा माग हुन नसकेको उल्लेख गरे ।

अध्यक्ष केसीले हरेक दिनको निक्षेपलाई राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्न बैकहरुले दैनिक घाटा व्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।  निजी क्षेत्रका मुद्दाहरु र सरकारले नीतिगत रुपमा गरेका कामले निजी क्षेत्र मात्रै नभएर बैंकिङ क्षेत्रको पनि मनोबल कमजोर भएको दाबी गरे ।

ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरुको कर्जा बिस्तार तल्लो तहसम्म अझै पुग्न नसकेको बताएका छन । उनले सबै मानिसहरुमा वित्तीय पहुँच पुग्न नसकेको अवस्था बैंकहरुले स्वीकार गर्न सक्नुपर्ने बताए । नेपालको जिडिपीमा वृद्धि हुन नसक्नुको दोष कर्जा बिस्तारलाई दिनु नहुने उनकाे भनाइ छ ।

उनले कर्जा बिस्तार १० प्रतिशतसम्म निरन्तर हुँदा पनि जीडिपी ग्रोथ ५ प्रतिशतमा सिमित रहेको उल्लेख गरे । जीडिपी भन्दा बैंकको कर्जाको बिस्तार बढी भए पनि नेपाली सबैमा बैंकको कर्जा पहुँचमा नपुगेको उल्लेख गरे । उनले चालु आवमा १२ बैंकको नाफा नकारात्मक रहेको बताए ।

सरकारले बैंकहरुको विना कारण कोर क्यापिटलको ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा समस्या भएको बताएका छन् । उनले बैंकहरुको कोर क्यापिटलबाट ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा नाफामा असर परेको बताए । बज्रचार्यले सरकारले हुँदै नभएको नीति ल्याउँदा बैंकहरुलाई दबाब परेको उल्लेख गरे ।

उनले अर्थतन्त्र चलायमान भएन मात्रै भनिरहेको तर के कारणले भयो भनेर विश्लेषण गर्न नसकेको बताए । असारदेखि चैत मसान्तसम्म १० बिलियन प्रोभिजन गरिसकेको उनकाे भनाइ छ ।