नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुरु गर्ने सम्झौता


काठमाडौँ। नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीवार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीजरलाण्ड राजदुत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए।

उनले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९।०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने र १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने जनाए।

सहसचिव नेपालले कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिव २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताए।

नेपालले भने, “स्थानीय उत्पादन,स्थानीय अर्थतन्त्र,स्थानीय रोजगारी सिर्जनामा र स्थानीय साना तथा मझौला उद्यमहरुको विकासमा पनि सहयोग पुग्छ । यो सम्झौताले मुलुकको पर्यटन क्षेत्रमा योगदान पु¥याउँछ । कायान्वयनको लागि तीनै तहका सरकार सहकार्यमा स्वीज सरकार समन्वयात्मक रुपमा गरिने छ । सहजरुपमा कार्यान्वयन हुन्छ भन्ने अपेक्ष गरेका छौं ।”

आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए।

उनले कोशी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

— न्युज एजेन्सी नेपाल