नेष्डो नेपालको मुनाफामा ६८ प्रतिशत गिरावट


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको नाफामा ६८.४८ प्रतिशतले गिरावट आएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले १४ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

क्रम्पनीको खुद ब्याज आम्दानीमा २९.८१ प्रतिशतले घट्दै १९ करोड ४६ लाख रुपैयाँमा खम्चिएको छ । गत वर्ष समिक्षा अवधिमा कम्पनीले २७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनी सञ्चालन मुुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म २ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाले कर्मचारीका लागि ८ करोड २ लाख र अन्य सञ्चालनका लागि ५ करोड १ लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाको कर्जा प्रवाह पनि घटेको छ । संस्थाले ३ अर्ब ६१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ६५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको खराब कर्जा अनुपात बढेर १२.५८ प्रतिशत पुगेको छ, गत वर्ष समिक्षा अवधिमा खराब कर्जा अनुपात ८.५५ प्रतिशत कायम थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२४.०९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ३९५.०१ रुपैयाँ रहेको छ ।