साना किसान विकास लघुवित्तको नाफा घट्यो


काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमाससम्म ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले घटेको देखिएको हो । गत आवको सोही अवधिमा संस्थाले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाले १ अर्ब ५७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.३८ प्रतिशत बढि हो । संस्थाको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा २.४१ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३९.७१ रुपैयाँ रहेको छ। संस्थाको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राखेको छ ।