रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले बढ्यो


काठमाडौं । पछिल्लो नौ महिनामा रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेर १०८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रिेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको राष्ट्रबैंकले जनाएको छ ।