नौ महिनामा १२२ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा पछिल्लो नौ महिनामा १२२ अर्ब २१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचिकृत भएको छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु.८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, रु.१९ अर्ब ४० करोड बराबरको बोनस शेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, र रु.३ करोड बराबरको एफपीओ सूचिकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेप्सेमा पछिल्लो नौ महिनामा सूचीकृत ८ अर्ब २७ करोड सेयरको चुक्ता मूल्य रु.८१९ अर्ब ५४ करोड रहेको राष्ट्रबैंकले जनाएको छ ।