आइतबार ८ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० वटा उपसमुह बढेको छ भने बाँकी ३ वटा उपसमुहमा गिरावट आएको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ५० लाख ६० हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सिर्जनशील लघुवित्त वित्तीय संस्था लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.४४ प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।