काठमाडौँ । जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले जेठ महिनाको लागि सार्वजनिक गरेको तथ्यांक अनुसार व्यक्तिगत मुद्दती निक्षेप ९ ओटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ७ ओटा बैंकहरुको ब्याजदर स्थिर रहेको छ । ३ ओटा वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र प्राइम कर्मशियल बैंकले ब्याजदर घटाएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल बैंक, कुमारी बैंक, माछापुच्छे« बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकको ब्याजदर स्थिर रहेको छ भने एनआईसी एसिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् ।
जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंक र एनआईसी एसिया बैंकले दिनेछन् । बैंकले ७.८० प्रतिशत ब्याजदर तोकेको हो । यस्तै, हिमालयन बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले ७.५० प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत, माछापुच्छे« बैंकले ७.२५ प्रतिशत, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम कर्मशियल बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सानिमा बैंकले ७ प्रतिशत ब्याजदर तोकेका छन् ।
नबिल बैंकले र नेपाल बैंकले ६.७५ प्रतिशत ब्याज दिने जनाइएको छ । एभरेष्ट बैकले ६.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.४० प्रतिशत र नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशत ब्याजदर तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्