सोमबार २४ अंकले बढ्यो नेप्से, ३ अर्ब ४० करोड रुपैयाँकाे कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ वटा उपसमुह बढेको छ भने बाँकी ५ वटा उपसमुहमा गिरावट आएको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयर सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त वित्तीय संस्था, हिमालय उर्जा विकास कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.७८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.६५ प्रतिशतले घटेको छ ।

कुल ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।