नेप्सेमा २८ अंकको वृद्धि, तीन कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको सेयरबजार दोस्रो दिन पनि बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्यमा हरियाली छाएको छ ।

सोमबार सिइडीबी हाइड्रो डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड८१ लाख २ हजार ७ सय ४४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा तीन ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३२० कम्पनीको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।