बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न अध्ययनको सुझाव कार्यान्वयन गर्ने


काठमाडौँ । सरकारले बैंक तथा वित्तीय संस्था लघुवित्त सहकारी बिमा र पुँजी बजारमा देखिएको समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट आएका सुझाव कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्था लघुवित्त सहकारी बिमा र पुँजी बजारमा देखिएको समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट आएका सुझाव कार्यान्वयन गरिने बताएका हुन् ।

यस्तै, नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने उल्लेख गरेका छन् ।

लघुवित्तका ऋणीहरुको कर्जा पुर्नताजगिकरण तथा पुर्नसंरचना गरिने उनले बताए ।