जीवन बिमा कम्पनीको खुद नाफा ४४.११ प्रतिशत बढ्यो, कुनको कति ?


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुको खुद नाफा ४४.११ प्रतिशतले बढेको छ । यी कम्पनीहरुले ४ अर्ब ६२ करोड ३७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब २० करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद नाफा २५४.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा हिमालयन इन्सुरेन्स बाहेक सबै कम्पनीको खुद नाफा बढेको छ ।
चुक्ता पुँजीको आधारमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ भने हिमालयन लाईफको ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ चुक्तापुँजी रहेको छ । त्यस्तै नेशनल लाइफको ५ अर्ब भन्दा धेरै रहेको छ भने बाँकी ९ वटा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ भन्दा कम रहेको छ ।

रिटेन्ड अर्निङमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रिटेन्ड अर्निङ हुनेमा पनि नेपाल लाइफ इन्सुरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनको रिटेन्ड अर्निङमा २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ छ । १ वर्षको अवधिमा ७ कम्पनीको रिटेन्ड अर्निङ बढेको छ भने ५ कम्पनीको घटेको छ ।

सबैभन्दा धेरै रिटेन्ड अर्निङ बढ्नेमा एलआइसी नेपाल रहेको छ । यसको रिटेन्ड अर्निङ १९१.४८ प्रतिशतले बढेको छ ।

खुद बिमा शुल्क आर्जन १२.९६ प्रतिशत बढ्यो

चैत मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुको समग्रमा खुद बिमा शुल्क आर्जन १२.९६ प्रतिशतले बढेर ९७ र्अ ९४ करोड ७८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ८६ अर्ब ७१ करोड ४ लाख ६७ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । १ वर्षको अवधिमा यस कम्पनीको खुद बिमा शुल्क आर्जन ८.५० प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

२१.१४ प्रतिशत बढ्यो कर्जा तथा लगानीबाट हुने आम्दानी

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी समग्रमा २१.१४ प्रतिशतले बढेर ३६ अर्ब ५४ करोड २१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा कम्पनीहरुको कर्जा तथा लगानीबाट हुने आम्दानी ३० अर्ब १६ करोड ४९ लाख ७२४ हजार रुपैयाँ थियो । कर्जा तथा लगानीबाट सबैभन्दा धेरै आम्दानी गर्नेमा नेपाल लाइफ इन्सुरेन्स छ । यसको कर्जा तथा लगानीबाट हुने आम्दानी ९.६५ प्रतिशतले बढेर १० अर्ब ९३ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

एशियन लाइफको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एसियन लाइफ रहेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसाले बढेर २९ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै समिक्षा अवधिमा ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ४ ओटा कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ ।