बिहीबार झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमूहको सेयरमूल्य बढेको छ भने ११ उपसमूहको सेयरमूल्य घटेको छ ।

बिहीबार सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्त, स्वभिमान लघुवित्त, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९४ प्रतिशत, ९.६१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ५.७६ प्रतिशतले घटेको छ ।

बिहीबार कुल ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।