काठमाडाैँ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ ।
बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो ।
यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।
यस पहलअन्तर्गत आगामी ७ वर्षमा कुल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरिका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यसैगरी, बैंकले आगामी ५ वर्षसम्ममा १ करोडबराबरको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत सोही विश्वविद्यालयबाट एसटीईएम (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या बर्सेनि बढाउँदै लगिनेछ ।
यस छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमई स्ट्रक्चरल इन्जिनियरिङ) र सुनेना न्याछ्योँ (एमएस्सी ईएस हाल अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्