कोपोमिसमा आवद्ध हुन २६ सहकारीलाई विभागको निर्देशन


काठमाडौँ । सहकारी विभागले १५ दिन भित्र कोपोमिस प्रणालीमा आवद्ध हुने निर्देशन दिएको छ ।

विभागले हिजाे (बिहिबार) एक सूचना जारी गर्दै विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने २६ सहकारीहरूलाई कोपोमिसमा आवद्ध हुन निर्देशन दिएको हो ।

सहकारी ऐन, २०७४ अनुसार सबै सहकारी संघसंस्थाहरुले विभागले तोकेको एकिकृत व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने उल्लेख छ ।

उक्त विषय नेपाल सरकारको आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ ।

तोकिएको समयमा विवरण नगरेमा सहकारी ऐन, २०७४ को दफा ८८ बमोजिम संस्था खारेजीसम्मको कारवाही प्रक्रिया अगाडी बढाइने विभागले चेतावनी दिएको छ ।