काठमाडौँ । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक जारी रहेकको छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।
शनिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीबीचमा सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो।
कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिको संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै आजदेखि संसद्मा कांग्रेसले अवरोध नगर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्