काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ती जारी गर्दै विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार ?’ भन्ने ब्यहोराको विज्ञापनप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
चुरोटमा ३३ प्रतिशत मात्र कर भन्ने कुरा तथ्यमा आधारित नभई भ्रामक रहेको संघले स्पष्ट पारेको छ । वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रुपमा करको दरको अवस्थाबारे गलत प्रचार गरिनु अशोभनीय रहेको संघका उपाध्यक्ष नवलकिशोर चौधरीले बताए ।
नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने र विभिन्न कम्पनीका विभिन्न ब्रान्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्