सेयर लगानीकर्ताले १० महिनामा सरकारलाई बुझाए ४ अर्ब पुँजीगत लाभकर


काठमाडौं । पछिल्लो दश महिनामा सेयर लगानीकर्ताले सरकारलाई सवा ४ अर्ब बढि रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेकाअनुसार १० महिनामा लगानीकर्ताले कुल ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

लङ ट्रम सेयर होल्ड गर्ने लगानीकर्ताहरुले यसअवधिसम्म १ अर्ब १ करोड १४ लाख रुपैयाँ, सर्ट ट्रम कारोबार गरी लाभ लिने लगानीकर्ताले २ अर्ब ६२ करोड ३६ लाख र ५१ करोड ७८ लाख रुपैयाँ कर्पोरेटहरुले पुँजीगत लाभकर बुझाएका हुन् ।

वैशाखमा मात्र लगानीकर्ताहरुले ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ कर बुझाएका छन् । जसमध्ये, लङ ट्रम ११ करोड ४३ लाख, सर्ट ट्रम १८ करोड ४३ लाख र कर्पोरेट क्यापिटल गेन ट्याक्स ६ करोड ४० लाख रुपैयाँ रहेको छ । छोटो समय धितोपत्र होल्ड गरी लाभ लिने लगानीकर्ताले धेरै कर बुझाएका छन् ।

सरकारले ३६५ दिनभन्दा धेरै धितोपत्र होल्ड गरी नाफामा बिक्री गर्नेलाई ५ प्रतिशत र सो समय भन्दा कम समय धितोपत्र होल्ड गरी पुँजीगत लाभ लिने लगानीकर्तालाई ७।५ प्रतिशत कर लगाउने गरेको छ ।

चालु आवमा लगानीकर्ताहरुले ९कर्पोरेट सहित० साउनमा ४० करोड ८ लाख, भदौमा १४ करोड, असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४२ लाख, मंसिरमा ३० करोड ५३ लाख, पुसमा ७४ करोड ३९ लाख, माघमा ९७ करोड २० लाख, फागुनमा ४४ करोड ९ लाख चैतमा ४८ करोड ३४ लाख रुपैयाँ रवैशाखमा लगानीकर्ताहरुले ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।