क्लोजआउट बापत लगानीकर्ताले तिरे ५ करोड रुपैयाँ


काठमाडौं । लगानीकर्ताले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नर्गदा ५ करोड बढि रकम जरिवाना तिरेका छन् ।

सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालुआर्थिक वर्षको १० महिनामा लगानीकर्ताले क्लोजआउट बापत ५ करोड ४६लाख ५८ हजार ९ सय ८८ रुपैयाँ जरिवाना तिरेका हुन् ।

लगानीकर्ता सेयर बेचेको २४ घण्टा भित्र ईडीआईएस नगर्दा उक्त जरिवाना तिर्नु पर्दछ । लगानीकर्ताले सेयर बेचेको २४ भित्र ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्ने ब्यवस्था रहको छ ।

बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा क्लोजआउटमा पर्ने गरेका छन् । बजार प्रविधिमैत्री भएको लामो समय हुँदा पनि क्लोजआउटमा पर्ने समस्या अझै कायम रहेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

लगानीकर्ताले सबैभन्दा धेरै माघ महिनामा मात्र लगानीकर्ताले १ करोड ४६ लाख २० हजार रुपैयाँ क्लोजआउट मार्फत तिरेका छन्। साथै, पुषमा ९३ लाख ४७ हजार रुपैयाँ, साउनमा ५३ लाख ५० हजार रुपैयाँ, भदौमा ४४ लाख ७२ हजार रुपैयाँ, बैशाखमा ४४ लाख ६७ हजार रुपैयाँ, चैतमा ४४ लाख ५८ हजार रुपैयाँ, फागुनमा ३७ लाख ४९ हजार रुपैयाँ, असोजमा ३६ लाख ५८ हजार रुपैयाँ, मंसिरमा ३३ लाख ६७ हजार रुपैयाँ र कात्तिकमा ११ लाख ६६ हजार रुपैयाँ क्लोजआउट मार्फत जरिवाना तिरेका छन् ।