आइतबार नेप्सेमा हरियाली, ५ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा १३ ओटै उपसमुहमा हरियाली छाएको हो ।

आइतबार सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ८० लाख ८३ हजार २५७ रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबैको लघुवित्त, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ

माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागे्को छ ।

आइतबार कुल ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २५ करोड १० लाख २४ हजार ७८६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।