इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका


काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरको भग्नावशेष अवस्थामा भेटिएपछि मृत्यु भएको आशंका गरिएको छ।

बीबीसीले राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको जनाएको छ। इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो।

राष्ट्रपति रयसी बोकेको हेलिकप्टर दुर्घटनामा परेको र त्यहाँ केही पनि जीवित व्यक्ति फेला नपरेको इरानी समाचार एजेन्सी मेहरले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा राष्ट्रपति रायसीको हेलिकप्टर पूर्णरुपमा जलेको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको थियो। मौसम खराबले र बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।