आफ्ना क्युआर मर्चेन्टहरुलाई कुमारी बैंकको फोनलोन सुबिधा


काठमाडौँ। कुमारी बैंकले आफ्ना क्यूआर मर्चेन्टहरुको लागि फोनलोन सुविधा ल्याएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको हो ।

यस बाट घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तीय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तीय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुच विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।