२७ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा १३ ओटा उपसमूहमध्ये ८ उपसमुहको सेयरमूल्य बढेको छ भने ५ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार पोखरा फाइनान्स लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८२४ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सामुदायिक लघुवित्त, बुद्धभमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ ।

कुल ३१५ कम्पनीको एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।