सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छः उपप्रधानमन्त्री महासेठ



काठमाडाैँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिमाल, पहाड र तराई भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताए ।

नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने उनकाे भनाइ छ। उनले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्व दिएर जान अहिलेसम्म नसकेको बताए ।

नेपाल सुन्दरताको खानी भएको उल्लेख गरे । सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । सरकारको लागि चलचित्र क्षेत्र देश चिनाउने महत्वपूर्ण क्षेत्र भएको उनकाे भनाइ छ । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको बताए । चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गरिरहेको पनि जानकारी दिए । नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न आफूहरु लागिरहेको उनकाे भनाइ छ । 

अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा कतिपय समस्या आइरहेको जानकारी दिए ।