कृषिमा डिजिटलाइजेनसमा नेपाल सरकारसँग हातेमालो गरिरहेका छौँः एफएओ नेपाल प्रमुख शिमिजु


काठमाडौँ। संयुक्त राष्ट्र संघ खाद्यका लागि कृषि संगठन (एफएओ) का नेपाल प्रमुख केन शिमिजुले नेपालमा कृषि क्षेत्रको डिजिटलाइलेसनमा हातेमालो गरेर निरन्तर अगाडि बढ्ने बताएका छन् । 

मंगलवार एफएको प्राविधिक सहयोगमा कृषि मन्त्रालय मातहतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले आयोजना गरेको नेशनल डिजिटल एग्रिकल्चर स्र्टाटेजी एण्ड एक्सन विषय कार्यशालामा बोल्दै शिमिजुले कृषि विकास रणनीति र नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्यनका लागि कृषि क्षेत्रको डिजिटलाइजेसनमा साथसाथै रहने प्रविवद्धता व्यक्त गरेका हुन्।

एफएओको प्राविधिक सहयोगमा केन्द्रले कृषक सूचीकरण, कल सेन्टर, अनलाइन सेवा, स्वाइल म्याप, डिजिटल सिड सिस्टम, एसएमएस सेवा लगायतका कृषिमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिने कार्यक्रम अगाडि बढाएको छ । 

नयाँ ऐन, नियम तथा सरकारको लक्ष्य अनुरुप कृषिलाई डिजिटलाइलेसन गर्नका लागि कार्यनीति बनाउने उद्देश्य अनुरुप कार्यशाला आयोजना गरिएको हो । कृषि खाद्य प्रणालीको सृद्धढ गर्न सरोकारवालाले कार्यशालामा आआफ्नो धारणा राखेका छन् । 

मुख्य वक्ताको रुपमा बोल्दै एफएओ नेपाल प्रमुख शिमिजुले दीगो कृषिका लागि कृषि मूल्य श्रंखलामा डिजिटलाइजेसनको आवश्यकता औँल्याए । बिउ, मलखाद, विषादी, सिंचाइ, भण्डारण, प्रशोधन, पोषण, यान्त्रिकरण, मौसमको जानकारी लगायतका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढोत्तरीले कृषिमा सहयोगी हुने उनको भनाइ छ । 

एफएओले सन् २०३० लक्षित गरेर दीगो कृषि रुपान्तरणका लागि नेपाल लगायतका देशलाई लक्षित गरेर १००) डिजिटल भिलेज इनिसियटिभप (डिभीआई) अवधारणा लागु गरेको छ । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि डिजिटल सर्भिस फोर्टफोलियो (डीएसपी) पनि सञ्चालनमा गरिरहेको जानकारी गराए । 

शिमिजुले विरुवाको रोग पहिचान गर्नका लागि एफएओले टेलीप्लान्ट डक्टर नामक मोबाइल एप समेत संचालनमा ल्याएर हाललाई आलु र टमाटरमा लाग्ने १० थरीका रोग एआईको सहायताले पहिचान गरिरहेको जानकारी गराए । 

कार्यशालामा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, पशु सेवा विभागका महानिर्देश डा. हरि दाहाल, कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सञ्जेल लगायतले डिजिटल कृषिका लागि प्रतिवद्धता जाहेर गर्दै सबैको साथ र रहयोगले मात्र नेपालको कृषिको डिजिटलाइजेसन सम्भव भएको बताएका छन् ।