अर्थतन्त्रकाे आकार: बागमती प्रदेशकाे योगदान ३६.४ प्रतिशत


काठमाडाैँ । प्रदेश अनुसार नेपालकाे अर्थतन्त्रकाे आकारमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशकाे रहेकाे छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८०/८१ काे प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्यांकले नेपालकाे राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएको छ ।

जसमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ।

गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदुर पश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने बाँकि प्रदेशको योगदान सिमान्त रूपमा बढेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ।

प्रदेश अनुसार आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रकाे आकार बागमती प्रदेशकाे २० खर्ब ७४ अर्ब रूपैयाँ, कोशी प्रदेशकाे ९ खर्ब ३ अर्ब रूपैयाँ, लुम्बिनी प्रदेशकाे ८ खर्ब १४ अर्ब रूपैयाँ, मधेश प्रदेशकाे ७ खर्ब ४८ अर्ब रूपैयाँ, गण्डकी प्रदेशकाे ५ खर्ब १७ अर्ब रूपैयाँ, सुदुर पश्चिम प्रदेशकाे ४ खर्ब ४ अर्ब रूपैयाँ र कर्णाली प्रदेशकाे २ खर्ब ४४ अर्ब रूपैयाँकाे हिस्सा हुने उल्लेख गरिएकाे छ ।