बुधबार १५ अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन पनि सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा १३ ओटा उपसमूहमध्ये ४ उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेरुडे मिर्मिरे लघुवित्तको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४१३ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सामुदायिक लघुवित्त र बुद्ध भुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य क्रमश १० प्रतिशत र १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ

मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ८.०५ प्रतिशतले घटेको छ ।

कुल ३१८ कम्पनीको एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।