सिएफ मोटा तथा जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट ड्राइभ र बुकिङ खुला


काठमाडौँ । नेपाली बजारमा सार्वजनिक भएको सीएफ मोटो मोटरसाइकल र जीहो इलेक्ट्रिक स्कुटरको टेष्ट ड्राइभ र बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी बाइकको टेष्ट राइड र बुकिङ खुला गरेको हो ।

सिएफ मोटाको एनके २५०, एसआर २५० एनके ४५० तथा जिहको एई ६ एलआर (डबल ब्याट्री) र सिटी इस्प्रोट मोडलहरू सार्वजनिक गरे सँगै ट्रेष्ट ड्राइभ तथा बुकिङ खुल्ला गरिएकाे कम्पनीले जनाएकाे छ ।

सएफ मोटोको उत्पादनहरूलाई उत्कृष्ट विक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, एफटर सेल सर्भिस र ग्राहकहरूलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सएफ मोटो तथा जिहोलाई नयाँ रुपमा विक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रूपमा छनोट भएको कम्पनीकाे दाबी छ ।

सएफ मोटो तथा जिहो का उत्पादनहरुको टेष्ट ड्राइभ तथा बुकिङ्ग गर्न कम्पनीको नक्साल झ्म्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ ।