भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई छुट


काठमाडौँ। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा छुट पाउने भएका छन् ।

बिराटनगर ७,मोरङ्गमा रहेको भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरु छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

भास्कर आई केयरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि मा पेश गर्नुपर्ने जनाइएको छ ।

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि मा परामर्श तथा उपचार सेवाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको जनाइएको छ ।