सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित


काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाको बैठकले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच नीति तथा कार्यक्रम पारित गरेको हो ।

संसद अवरोध जारी रहे पनि नाराबाजीकै बिच नीति तथा कार्यक्रम पारित गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा १ जेठमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।