आइतबार २२ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको पहिलो दिन पनि सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा १३ ओटा उपसमूहमध्ये २ उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८३३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।

कुल ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४१७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।