फागुनसम्म २ लाख बढी मेट्रिक टन रासायनिक मलको आपूर्ति


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०\८१ को फागुन मसान्तसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन रासायनिक मलको आपूर्ति भएको जनाएको छ ।

आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन बराबरको माग भए पनि २ लाख ६८ हजार बराबरको मात्र मल आपूर्ति भएकाे सरकारले जनाएको हो ।

२ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएकोमा मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको सरकारले जनाएको छ ।

६ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा सो मध्ये युरियाको ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन रहेको छ ।