४४ अर्ब ३२ करोड विद्युत् महसुल बक्यौता असुल गर्न महालेखाको निर्देशन


काठमाडौं । विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौतामा १० प्रतिशतले बढेको छ ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार विद्युत महसुल बक्यौता गत वर्षको तुलनामा १०.४८ प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट मात्रै २१ अर्ब ८८ करोड रुपैयाँ असुल हुनुपर्ने महालेखाले जनाएको छ । जुन कुल बक्यौताको ४९.३६ प्रतिशत रहेको छ ।


सडक बत्तीको ६ अर्ब २ करोड बक्यौता मध्ये १ अर्ब ७९ करोड रुपैियाँ काठमाडौं महानगरपालिकाको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बक्यौता रकम असुल गर्ने एवं ट्रङक डेडिकेटेड बक्यौता सम्बन्धमा आवश्यक समन्वय गरी असुल गर्न महालेखाले निर्देशन दिएको छ ।