महालेखाले भन्यो-बन्चरेडाँडा व्यवस्थापन गर


काठमाडौं । महालेखा परीक्षकले बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट सञ्चालन कार्याविधि अनुसार अपरेटिङ्ग म्यान्युअल नियमित अनुगमन गर्ने संयन्त्रको विकास गर्रन मर्मत सम्भारलाई सुनिश्चित गरी वैज्ञानिक ढङ्गले फोहरमैलाको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरको दिगो व्यवस्थापनको लागि बन्चरेडाँडामा मिश्रित फोहर २० वर्ष र वर्गीकृत फोहर ४० वर्षसम्म धान्ने गरी २० हजार घन मिटर क्षमताको लिचेट पोखरी र सेडिमेन्टेसन पोखरीसमेतको स्यानिटरी ल्याण्ड फिल्ड साइट रू.९६ करोड ३५ लाख ३९ हजार लागतमा निर्माण कार्य सम्पन्न भई पहुँच मार्ग स्तरोन्नति कार्य भइरहेको जनाइएको छ ।

ल्याण्डफिल्ड साइटमा फोहरमैलाको उचित व्यवस्थापनको लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत ल्याण्डफिल साइट सञ्चालनसम्बन्धी कार्य सञ्चालन कार्यविधि अनुसार विसर्जनको लागि ल्याइएको फोहरको तौल लिई अभिलेख राख्ने, फोहरसँग जोखिमयुक्त रेडियोधर्मी फोहरहरू रहे नरहेको जाँच गर्ने फोहरलाई तोकिएको निश्चित क्षेत्रमा मात्र खन्याउने, फोहरको मोटाइ ५० सेन्टिमिटर हुने गरी फिजाउँन लगाई कम्प्याक्सन गराउनुपर्ने, दुर्गन्ध फैलिन नदिन दैनिक १५ सेन्टिमिटर माटोले छोप्नुपर्ने, फोहर थुपार्दै जाँदा ग्याँस निष्कासनको लागि भेन्ट पाइप थप गर्दै जानुपर्ने प्रावधान उल्लेख भएकोमा मापदण्डको पालना नगरेको जनाई विभागले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गरेको तथा मर्मत सम्भार तथा व्यवस्थापन कार्यको दायित्व लिन पत्राचार गरेको महालेखाले स्मरण गराएको छ ।

फोहरको स्रोतमा वर्गीकरण नहुँदा, फोहर कम्प्याक्सन नगर्दा र लिचेटलाई सर्कुलेसन नगरेको कारणले ल्याण्डफिल साइट भरिन लागेको अवस्था भएको भन्र्दैर महालेखाले प्रभावित स्थानीय तह तथा तालुक निकाय एवं सरोकारवाला पक्षसँग समन्वय गरी ल्याण्डफिल्ड साइट अपरेटिङ्ग म्यान्युअलमा भएका व्यवस्थाको पालना सम्बन्धमा नियमित अनुगमन गर्ने संयन्त्रको विकास गर्ने तथा मर्मत सम्भारलाई सुनिश्चित गरी वैज्ञानिक ढङ्गले फोहरमैलाको व्यवस्थापन गर्नुपर्ने बताएको हो ।