साफ्टाको छुट लिएर खुर्सानी र किसमिस आयात: महालेखा भन्छ, ‘छुट दिएकाे राजस्व असुल गर’


काठमाडौँ । दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) को छुट लिएर रातो खु्र्सानी, किसमिस र कोकनट कोप्रा आयात गर्ने गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० को महालेखाको प्रतिवेदनले साफ्टाको छु्ट नपाउने रातो खुर्सानी, किसमिस र कोकनट कोप्रा वीरगञ्ज, विराटनगर, कृष्णनगर र नेपालगञ्ज भन्सार आयात गर्दा राजस्व छुट भएकोले उक्त रकम असुल गर्न भनेको हो । उक्त सामान आयात गर्दा ५ करोड ५ लाख ५६ हजार रुपैयाँ राजस्व छुट भएकोले उक्त रकम असुल गर्न महालेखाले भनेको हो ।

साफ्टा छुटमा जाँचपास गर्दा कृष्णगनर भन्सार कार्यालयको एक करोड २६ लाख १९ हजार रुपैयाँ, वीरगञ्ज भन्सार कार्यालयको ३ करोड १६ लाख ५६ हजार रुपैयाँ, नेपालगञ्ज भन्सार कार्यालयको १२ लाख ३० हजार रुपैयाँ र विराटनगर भन्सार कार्यालयको ५० लाख ५१ हजार राजस्व छुट भएकोले उक्त रकम असुल हुनुपर्ने महालेखाले उल्लेख गरेको छ ।

साफ्टा छुट अन्र्तगत नेपाल सरकारको संवेदनशील सूचीमा नपरेका शीर्षकका मालवस्तु सम्बन्धमा साफ्टा छुटको लागि साफ्टा उत्पत्तिको प्रमाणपत्र उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएको बिजक लगायतका कागजातमा उल्लेख भएको हुनुपर्ने उल्लेख छ ।