नेप्सेमा आज ७६ लाख बढि कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज सोमबार ७६ लाख ३५ हजार ५०० कित्ता सेयर सुचीकृत भएको छ । कालिका पावर कम्पनी, र रसुवागढी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकत भएको हो ।

कालिका पावरले वितरण गरेको चुक्ता पुँजीको दश प्रतिशत बराबरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर र रसुवागढी हाइड्रोपावर कम्पनीले वितरण गरेको ६८ लाख ४२ हजार १०० कित्ता थप सेयर नेप्सेमा सूचिकृत भएको हो ।