झिनो अंकले बढ्यो नेप्से, झण्डै ४ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३.३९ अंकले बढेर २११३.२७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फास्टक्चर बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४ लाख ४७ हजार ४ सय ३४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१७ कम्पनीको ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।