काठमाडौँ । बागमती प्रदेश सरकारले क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूमा देखिएका समस्याहरू समाधान गर्न आवश्यक नीतिगत, कानूनी तथा संरचनागत प्रबन्धलाई थप प्रभावकारी बनाउने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साे कुरा बताएका हुन् ।
सहकारीमा रहेको नागरिकको बचत तथा लगानी सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै प्रविधि तथा सिप हस्तान्तरण र प्रोत्साहन सम्बन्धी कार्यक्रमहरू सञ्चान गरिने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्