आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित


काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८१\०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले  आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए ।

उनकाअनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताए ।

सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरू पनि संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।