काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्ष सुचना प्रविधिको दशक मनाइने बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्ष सुचना प्रविधि दशकको रुपमा मनाइने बताएका हुन् ।
उनले नेपाललाई सुचना प्रविधि हबमा विकास गरिने उल्लेख गरेका छन् । सु्चना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने ल्क्ष्य रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्